ताप्लेजुङ । सिराहाको सलहेस युवा क्लबले तेस्रो ताप्लेजुङ गोल्डकपको उपाधी कव्जा गरेको छ ।

सदरमुका स्थित भानुजन माविको मैदानमा शनिवार सम्पन्न फाईनल खेलमा चर्च ब्वाईज युनाईटेड क्लबलाई २-० गोलले पराजित गर्दै सलहेशले उपाधी कब्जा गरेको हो ।

सलहेशको जितका लागि सुनिल खड्का र यूसुभ मल्लिकले गोल गरे । दोस्रो हाफमा सुनिलले सुरुवाती गोल गरेका थिए भने खेलको अन्तिम समयमा यूसुभले गोल गरेर जितलाई निश्चित गरे ।

विजेता बनेसँगै सलहेसले उपाधिसहित सात लाख दुई हजार ८२ रुपैँया र उप बिजेतामा सिमित बनेको चर्च ब्वाईजले तीन लाख ५० हजार ८२ रुपैंयामा चित्त बुझायो ।

लाखेजात्रा पर्वका अवसरमा लाखेजात्रा सञ्चालन समितिले सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरेको उक्त प्रतियोगितामा आठ टोली सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!