
२९ श्रावण , ताप्लेजुङ । सलहेस क्लब सिराहा ताप्लेजुङमा जारी ‘अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप ‘को फाइनलमा प्रवेश गरेको छ। बिहीबार सम्पन्न अन्तिम सेमीफाइनल खेलमा रेडस्टार क्लब बिर्तामोडलाई २ – o गोल अन्तरले पराजित गर्दै साउन ३१ गते हुने फाइनल खेलमा ललितपुरको चर्च ब्वाइज क्लबसँग भिड्ने पक्का गरेको हो।
सलहेसको लागि दुवै गोल युसुफ मलिकले गरे। उनले खेलको १५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । उनै मलिकले ४८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर पारे ।
यसअघि प्रतियोगिताको क्वार्टरफाइनल चरणमा सलहेसले पाँचथरको फिदिम स्पोर्टिङ क्लब विरुद्ध ६ – 0 को शानदार जित निकालेको थियो भने सहारा क्लब पोखरालाई १ – 0 ले पराजित गर्दै सेमीफाइनल आइपुगेको टिम हो बिर्तामोड झापा। गत साउन २४ गतेदेखि जारी प्रतियोगितामा भोलि भने कुनै पनि खेल कार्यक्रम नरहेको आयोजकले बताएको छ। प्रतियोगिता स्थल भानु जन माविको प्राङ्गणमा शुक्रबार भने साँझ ७ बजेबाट स्थानीय कलाकारको साथमा बेजोड सांगीतिक कार्यक्रमको आयोजना गरिएको लाखे जात्रा सञ्चालन समितिले जनाएको छ। उपाधि भिडन्त शनिबार हुनेछ ।यस वर्षको प्रतियोगिता विजेताले नगद रु ७ लाख प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख ५० हजार ८२ प्राप्त गर्दैछ । यस वर्ष सर्वोत्कृष्ट खेलाडीलाई यमाहाको मोटरसाइकल प्रदान गरिनेछ। सर्वोत्कृष्ट खेलाडी छनोटका लागि छनोट समिति बनाइएको आयोजकले बताएको छ। प्रतियोगितामा भारतको १ सहित ८ टिमको सहभागी थियो।