असार १२, ताप्लेजुङ । फुङ्लिङ नगरपालिका वडा नम्बर २ का वडाध्यक्षले आफूहरूलाई अपमानित हुने शब्द प्रयोग गरेको भन्दै हिजो सेवा ठप्प पारेर पेन डाउनमा उत्रिएका फुङ्लिङ नगरपालिकाका कर्मचारीहरू आज काममा फर्किएका छन्।

मिथ्या आरोप लगाएको भन्दै यतिखेर नगरपालिकाका कर्मचारीहरूको चौतर्फी आलोचना भइरहेको छ। उनीहरूले “कसले बोलाएर नगरसभामा कर्मचारीहरू आएको ?” भनेर नगरपालिका २ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले आफूहरूमाथि अपमान गरेको भन्दै बुधबार पेन डाउन गरेका थिए।

कर्मचारीहरूले अध्यक्ष न्यौपानेले सार्वजनिक रूपमा माफी नमागेसम्म थप आन्दोलनका कार्यक्रमको घोषणा गरेका थिए। तर बुधबार नै नगरसभाको बखत कैद भएको भिडियो बाहिरियो जहाँ वडाध्यक्ष न्यौपानेले त्यस्तो अभिव्यक्ति दिएको पाइएन। वडाध्यक्षमाथि मिथ्या आरोप लगाएर जनताको सेवा प्रवाहमा असर पुर्‍याउने काम नगरपालिकाका कर्मचारीले गरेको भन्दै उनीहरूको चौतर्फी आलोचना भएको हो ।

खास गरि समाजिक सञ्जाल यो विषयले तातेको छ सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले प्रमाण नभेटिएको भए नगरपालिकाका कर्मचारीहरूले अध्यक्ष न्यौपानेलाई फसाइसकेका भनेर आक्रोश व्यक्त गरेका छन्।

कतिपयले भने अरुलाई नङ्ग्याउन खोज्दा कर्मचारीहरू आफै नाङ्गिएको भन्दै फुङ्लिङका कर्मचारीहरूको ट्रोल गरेका छन्।आजै न्यैपानेले आफुमाथि लागाइएको आरोपको पुष्टि गर्न कर्माचारीहरुलाई चुनौती दिनुभएको थियो ।

थप आन्दोलनका घोषणा गरेका कर्मचारीहरू आज भने अरुबेला जस्तै बिहानैदेखि सेवा प्रवाहमा खटिएका नगरपालिका स्रोतले बताएको छ।

यसैबीच नगरपालिकाका कर्मचारी र वडाध्यक्ष न्यौपाने बीचको द्वन्दको विषयमा अहिले नगरपालिकामा छलफलको तयारी भएको छ ।छलफलमा नगर प्रमुख , उपप्रमुख वडाध्यक्षहरू,कार्यपालिका सदस्यहरूलगायत सरकारवालाहरूको उपस्थिति रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!