५ असार, ताप्लेजुङ । फुङ्लिङ नगरपालिका –३ मुढे आधारभूत विद्यालयका विद्यार्थीहरुलाई एक दम्पतीले आफ्नो छोराको जन्मदिनको अवसर पारेर विद्यालयमा अध्यनरत ४० जना साना विद्यार्थी हरुलाई जुत्ता र मोजा वितरण गरेका छन् ।
फुङ्लिङ नगरपालिका –४ घर भएका समाजसेवी लिलाराज पौडेल र वहाँको धर्मपत्नी तुलसा पौडेलले आफ्नो छोरा निश्चल पौडेलको जन्मदिनको अवसर पारेर विद्यालय जाँदा आवश्यक पर्ने जुत्ता र मोजा वितरण गरिएको विद्यालयका प्रध्यानाध्यापक तुलसा घिमिरेले जानकारी दिनुभयो।

पौडल दम्पतीले विद्यार्थी हरुलाई सहयोग गर्न पाउँदा खुशी महसुस भएको बताउदै आगामी दिनमा पनि निरन्तर सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन।
जन्मदिन वा विभिन्न बहानामा पार्टी प्यालेस गएर पैसा उडाउने चलन प्रायः पाइरहेको अवस्थामा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई यस्ता सहयोगले सकारात्मक प्रभाव पार्ने पौडेलको बिश्वास छ।

विद्यालयमा अध्यनरत साना विद्यार्थीलाई सहयोग गरेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंखर भट्टराईले पौडेल दम्पती लाई धन्यवाद व्यक्त गर्दै विद्यालय लाई आवश्यक पर्ने शैक्षिक सहयोगको निरन्तरता दिन आग्रह गर्दै पौडेल दम्पतीका सुपुत्र लाई जन्मदिनको शुभकामना व्यक्त गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!