
२६ जेठ, ताप्लेजुङ । तमोर नदीले बगाएर बेपत्ता भएका ताप्लेजुङका दुईजनाको शब पाँचथर र तेह्रथुम जिल्लामा फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार गत जेठ २२ गते नदीमा परि बेपत्ता भएकी फुङ्लिङ नगरपालिका ३ की वर्ष ११ की गङ्गा शेर्पाको सव तेह्रथुम जिल्लाको छथर गाउँपालिका वडा नम्बर ३ खिरखिरे मा फेला परेको छ ।
त्यस्तै जेष्ठ १९ गते घरबाट हराएकी आठराई त्रिवेणी गाउँपालिका २ फूलबारीकी वर्ष ३७ कि कमला शेर्पालाई पनि मृत अवस्थामा शुक्रबार पाँचथरको हिलिहाङ गाउँपालिका २ दुधेपानीस्थित तमोर नदीमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।
उक्त सवहरूको कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिनुभयो ।