
-तरुण भारती
फुङ्लिङ, ताप्लेजुङ — नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) को आयोजनामा फुङ्लिङ, ताप्लेजुङमा सुरु भएको विज्ञान लेखन तालिमको पहिलो दिन विविध सत्रहरू सम्पन्न भएका छन्।
जेठ २१ गतेदेखि सुरु भएको तालिममा विज्ञान पत्रकारितासम्बन्धी आधारभूत ज्ञान, समाचार लेखनमा विज्ञान समावेश गर्ने तरिका तथा प्रयोगात्मक सत्रहरू सञ्चालन गरिएको थियो।
कार्यक्रमको सुरुवात डा. भोजराज पन्तले नास्टको परिचयमार्फत गर्नुभएको थियो। त्यसपछि प्रशिक्षक गोबिन्द पोखरेलले विपद जोखिमका बारेमा पत्रकारीताको विषयमा प्रशिक्षण दिनुभएको थियो।
दोस्रो सत्रमा दिपक अधिकारीले विज्ञानसम्बन्धी विषयवस्तुलाई समाचारमा कसरी समावेश गर्ने विषयमा सहभागीहरूलाई मार्गदर्शन गर्नुभयो।
तालिमको अन्तिम सत्रमा गोबिन्द पोखरेल र दिपक अधिकारीद्वारा सञ्चालन गरिएको अभ्यास सत्र रहेको थियो, जसमा सहभागीहरूले लेखन अभ्यास र संवादमा सहभागिता जनाए।
तालिमको उद्घाटन फुङ्लिन नगरपालिका नगर प्रमुख अमिर मादेनले गर्नुभएको थियो भने उपप्रमुख भिमादेबी ओझा, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, नेपाल प्रहरी ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतम , ससस्त्र प्रहरी ताप्लेजुङका प्रहरी नायब उपरीक्षक नरेश महर्जन लगायतको उपस्थिति रहेको थियो।
मेवाखोला हिल रिसोर्टको सभाहलमा संचालित तालिम २४ गते समापन हुने बताइएको छ।