–तरुण भारती
७ जेठ, ताप्लेजुङ । ताप्लेजुङको एक मात्र नगरपालिका फुङ्लिङ नगरपालिकाभित्र खानेपानीको चरम अभाव खड्किएको छ । विगत एक महिनादेखि घरमा पानी नआएको उपभोक्ताहरु बताउँछन् । बल्लतल्ल झुक्किएर पानी आएपनि पिउनै नहुने धमिलो आएको फुङ्लिङ नगरपालिका –३, हेलिप्याड निवासी योगेश्वर निरौला बताउनु हुन्छ ।

पानीको चरम अभावका कारण बजारबासिहरु विहान ३ बजे नै ढाडधार कित थलङ धारा जाने बताउँछन् । कतिले त अटो समेत रिजभ गरेर पानी ल्याउँदै गरेको बताएछन् । विहान ३ बजे नै उठेर गाग्रो, कोकाकोलाका खाली बोतल डोकोभरि लिएर पानी ल्याउदै गरेको मिलन लिम्बु बताउनुहुन्छ । पानीको बिलचाहि समयमा नै आउने अनि पानी चाहि महिनामा एक दिन पनि नआएर आफुहरुले धेरै दुःख पाएको भन्दै लिम्बुले आक्रोस व्यक्त गर्नुभयो ।

यता ताप्लेजुङ बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिका कार्यालय प्रमुख गंगाराम गुरुङले भने वर्षातयाममा पानीको मुहानमा नै भेलबाडी पसेर पानी धमिलिएको जानकारी दिनुभएको छ । गुरुङका अनुसार हाल फुरुम्बुमा रहेका ४ ओटा र हाङ्देवामा रहेका ५ ओटा मुहानहरुबाट पानी संकलन गरि वितरण गरिएको वताउनुहुन्छ । उपभोक्ता समितिले बजार नजिकै रहेको नर्सरीमा १४ लाख लिटर क्षमता भएको ट्याङ्कि र उकालिपानीमा रहेको २ लाख २० हजार क्षमता रहेको ट्याङ्किबाट पानी संकलन गरि वितरण गर्दै आएको छ ।

फुङ्लिङ नगरपालिकाको उपमेयर भिमादेवि ओझाले भन्नुभयो, “ठेकेदारको लापरबाहिले खानेपानीमा चरम अभाव भएको हो ।” पानी शुद्धिकरण गर्नभनि संघिय बजेट अनुसार ३२ करोडमा ठेक्का खुलाएपछि पेटी ठेक्का मार्फत ठेक्का लिएको कार्की कन्ट्रक्सनले ३२ महिनामा सिद्धाउनु पर्नेकाम ३ वर्ष लाग्दा पनि नसिद्धाएको उपमेयर ओझा बताउनुहुन्छ । सोही समयमा संचालित इलाम र पाँचथरमा भने काम सकेर पानी वितरण भइ रहेको कार्यालय प्रमुख गुरुङले जानकारी दिनुभएको छ ।

उप प्रमुख ओझाका अनुसार आफुहरु उपभोक्तासँग मिलेर तत्काल पानीको समस्या हल गर्न तयार रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिलेको पानीका मुहानले मात्र समस्या नटर्ने हुँदा फावाखोलामा रहेको पानीको मुहान तत्काल जोड्नु पर्नेहुन्छ । यद्यपी बजार आसपासमा रहेका पानीका मुहान नजिकै पानीको ट्याङ्कि बनाएर खेर गएको पानी संकलन गरी वितरण गर्दा केहि समाधान हुन्छ ।” उहाँका अनुसार उपभोक्ता समितिले साझेद्धारी मार्फत काम गरे नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । तर ठेकेदारका लापरबाहिका कारण नगरभित्र संचालित ३ ओटा ठेक्का रमेत रद्द गरेको जानकारी दिनु भएको छ।

यता उपभोक्ता समितिका सचिव समेत रहनुभएका कार्की कन्ट्रक्सनका ठेकेदार रणबहादुर कार्कीले भने विभिन्न प्राविधिक समस्याका कारणले काममा ढिलाई भएको बताउनुहुन्छ । करिव ६० प्रतिशत मात्र काम भएको पानी फिल्टर ट्याङ्किको समयमा नै रकम निकासा नहुदा ढिला भएको हो । आफुहरुले वाडहरु, नगरपालिका समेत पटक पटक रकम विनियोजन गर्न माग गरे पनि चासो नदेखाइएकोे सचिव कार्कीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!