ताप्लेजुङ – राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङले लोकतान्त्रिक बिधिबाट नेतृत्व चयन गर्न माग गरेको छ । बिहिबार राती दशौँ जिल्ला अधिबशनको बन्द शत्र चलिरहेका बेला उत्पन्न बिबादका बिषयमा आज पत्रकार सम्मेलनको आयोजना गरी युवा संघले सो माग गरेको हो । यस्तै जबरजस्ती बल प्रयोग गरी अगाडी बढ्ने प्रयास गरे आउने परिणामप्रति जिल्ला नेतृत्व जिम्मेवार हुनुपर्ने चेतावानी समेत दिइएको छ ।

मतादाता नामावाली प्रकाशन नगरी, मनोनयन दर्ता नगरी आकांक्षी राख्ने प्रतिनिधिलाई ताली ठोक भन्नु आफैँमा लज्जाको बिषय भएको युवा संघको ठहर छ । प्रतिवेदन प्रस्तुत गरेर कुनै औपचारिक कार्यक्रम नगरी अध्यक्षमण्डलले नयाँ नेतृत्व चयन गर्नु गम्भिर त्रुटी भई परिस्थीति असहज भएकोे एमाले नेता मणि शंकर पोमुले बताउनुभयो । यस अघि सम्पन्न अनेरास्ववियुको अधिबेशनमा पनि अधिबेशन स्थगित गरी प्रतिनिधि पाखा लगाएर बन्द कोठामा जिल्लाको नेतृत्व चयन गरिएको युबा संघले बताएको छ । त्यही संस्कारलाई निरन्तरता दिई पार्टीलाई गम्भिरमा बिबादमा फसाउनु जिल्ला नेतृत्वको पनि मुख्य जिम्मेवार हुने युवा संघले ठहर्याएको छ । बिहिबार राती बन्दशत्रमा नेतृत्व चयन गर्ने शिलशिलामा युवा संघको नेता, कार्यकर्ताबिच मुठभेद भएको छ । युवा संघको केन्द्रिय अध्यक्ष क्षितिज थेबेले कार्यक्रममा उद्घाटन गर्नुभएको थियो । थेबेकै गृहजिल्लामै युवा संघले निम्त्याएको बिबादले एमाले ताप्लेजुङ भित्र तरङ्ग ल्याएको छ ।

पार्टीको जिल्ला अधिबेशनमा पनि निर्वाचन प्रणालीबाट नेतृत्व चयन गरिएको थियो । उक्त अधिबेशन पछि जिल्लामा अध्यक्ष डम्बरध्वज तुम्बाहाङ्फे र अध्यक्षका प्रत्यासी बलबहादुर साम्सोहाङ पक्ष गरी २ समुह बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!