
काठमाडौँ । सरकारले भोलि सार्वजनिक विदा दिएको छ। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा फागुन २४ गते सार्वजनिक विदा दिने भनेर नेपाल राजपत्र (खण्ड ६९) मा उल्लेख छ।
हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ। नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ। यस्तै गरी फागनु २७ गते पनि देशभर सार्बजनिक बिदा परेको छ । २७ गते महाशिवरात्री पर्व परेको छ।
अन्य समाचार : अदालतको फैसला पछि प्रधानमन्त्री ओलीले दिए यस्तो प्रतिकृया आइतबारका लागि आह्वान भएको प्रतिनिधिसभाको अधिवेशनमा भाग लिन अपराह्न करिब ४ बजे संसद् भवन पुगेका ओली बैठक सुरु नभई फर्किएका हुन् । संसद्बाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले अदालतको फैसला पूर्ण कार्यान्वयन गर्ने संक्षिप्त प्रतिक्रिया दिएका छन् ।
४ बजेका लागि बोलाइएको बैठक अझै सुरु भएको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (आइतबार) का लागि फागुन १४ गते संसद् अधिवेशन आह्वान गरेकी थिइन् ।
बैठक नै सुरू नभई प्रधानमन्त्री किन निस्कनु भयो भन्ने प्रश्नमा उनीनिकट सांसद सुवास नेम्वाङले पटक-पटक खबर गर्दा पनि सभामुखले बैठक सुरू नगरेपछि प्रधानमन्त्री बाहिरिएको बताए।
‘आजको बैठक धेरैमा १५ मिनेट बस्ने हो। राष्ट्रपतिले बोलाएको समय ४ बजे नै बैठक सुरू हुनुपर्थ्यो,’ नेम्वाङले भने,’त्यही भएर प्रधानमन्त्री ४ बजे नै आउनुभएको थियो। भित्र कुरेर उहाँले पटक-पटक सभामुखलाई बैठक सुरू गर्न खबर गर्नुभयो तर सभामुखले बैठक सुरू गर्नु भएन।’
धेरैबेर कुर्दा पनि बैठक सुरू नभएपछि प्रधानमन्त्री निस्किएको नेम्वाङले बताए। सभामुख अग्नि सापकोटाले बैठक चलाउन किन ढिला गरे भन्ने उनले खुलाएनन्। संसद भवनबाट बाहिरिँदै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसला मान्ने तर पूर्ण पाठ हेर्न नपाएको प्रतिक्रिया दिएका थिए।