ताप्लेजुङ – प्रतिनिधिसभाका सदस्य तथा पुर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश कुमार भट्टराईलाई लेलेपमा गरिएको व्यवहार प्रति नेकपा एमाले ताप्लेजुङ जिल्ला कमिटी तथा पालिका कमिटीहरुले आपत्ति जनाएका छन् ।

फक्ताङलुङ गाउँपालिको लेलेपमा आयोजित कञ्चनजंघा हीरक महोत्सवमा बिशिष्ट अतिथीको आतिथ्यता ग्रहण गर्न गृह जिल्ला ताप्लेजुङ आइपुग्नु भएका भट्टराईमाथि गरिएको व्यवहारप्रति पार्टीले घोर भत्सर्ना गरेको छ ।

शनिबार जिल्ला कमिटी ताप्लेजुङले तथा विभिन्न पालिका कमिटीहरुले छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै अराजक गतिविधिका घटनामा संलग्न भई गाली गलौज गर्नेलाई कानूनी दायरामा ल्याई कारबाहीका माग समेत गरेका छन् । महोत्सवको समापन पश्चात प्रमुख अतिथि मन्त्री बद्री प्रसाद पाण्डे सहित काठमाडौँ प्रस्थान गर्न हेलिकप्टर चढ्न जाने क्रममा केही युवाहरुले सांसद भट्टराईमाथि नारा लगाएका थिए ।

पर्यटन प्रबद्र्धन जस्ता कार्यक्रममा आमन्त्रण भई सहभागी भएका अतिथी माथि भएको अराजक व्यवहारप्रति कुनै धारण सार्वजनिक नगरेकाले आयोजकको नियत प्रति नै शंसय पैदा भएको मिक्वाखोला गाउँपालिका कमिटीद्वारा जारी प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ । लोकतन्त्रमा विरोध, सभा, जुलुस गर्न पाउने संबैधानिक अधिकार भएको स्मरण गराउँदै अधिकारको दुरुपयोग गरि अश्लिल शब्द प्रयोग गर्दै गाली गलौज तथा आक्रमणको प्रयासलाई कमिटीले निन्दा गरेका छन् ।

यस्तै एमाले निकट भातृ संगठनहरुले समेत विज्ञप्ती जारी गर्दै लेलेपको घटनाको घोर भत्र्सना गरेका छन् । घटनाको विषय महोत्सव आयोजक समितिले लिनुपर्ने र तत्काल स्पष्टीकरण दिनुपर्ने माग समेत राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!