६ बैशाख, ताप्लेजुङ । नेपाल विद्यार्थी संघ ताप्लेजुङले आफ्नो ५६ औं स्थापना दिवस मनाएको छ।

फुङ्लिङ बजार स्थित ताप्लेजुङ उद्योग वाणिज्य संघमा साहित्यिक कार्यक्रम गरि मनाएको अध्यक्ष लोकेश लङ्वाले जानकारी दिनु भएको छ।

कार्यक्रममा कविता, गजल, मुक्तक, सायरी र हायकु सर्जकहरुद्वारा वाचन गरिएको बताइएको छ।

साहित्यकार गजेन्द्र प्र. तुम्याहाङ, डिल्लीरमण बराल, शान्तिराम नेपाल, नबराज आचार्य , मान सि राई, लिला आशुँ जोगि, बिष्नु राइ बियोगी, मन कुमार तामाङ, सुबास खाति, सुमिर प्रसाईं , सौगात बिष्ट , मालति शेर्पा, प्रजिन हङ्बाङ र झरेन्द्र तिवारी आफ्नो साहित्य सिर्जना विभिन्न विधामा प्रस्तुत गर्नु भएको नेबि संघ ताप्लेजुङका अध्यक्ष लङ्वाले बताउनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय