ताप्लेजुङ – प्रेस चौतारी नेपाल, ताप्लेजुङले ३ जना पत्रकारलाई नगद सहित सम्मान गरेको छ । २७ औँ स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदान–प्रदानसँगै ३ जना पत्रकारलाई नगद १० हजार रुपैयाँ सहित सम्मान गरेको हो । जिल्ला भित्र तथा जिल्ला बाहिर रहेर पत्रकारिता गरिरहेका पत्रकार राजेन्द्र श्रेष्ठ, लोकेश लिबाङ र मदन गौतमलाई नगद सहित सम्मान–पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

प्रेस चौतारी ताप्लेजुङका अध्यक्ष बसन्त पालुङ्वाका अनुसार वेलकम खबर अनलाइनका सञ्चालक तथा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष श्रेष्ठलाई जयमति–कर्णबहादुर पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । यस्तै भीमादेवी–अग्निप्रसाद पत्रकारिता पुरस्कार बाट प्रेस चौतारी नेपाल ताप्लेजुङका उपाध्यक्ष तथा पत्रकार महासंघ ताप्लेजुङका कोषाध्यक्ष गौतमलाई पुरस्कृत गरिएको हो । प्रेस चौतारी नेपाल ताप्लेजुङको आफ्नै स्रोतबाट प्रेस सेन्टरमा आबद्ध लिवाङ रेडियो कावेलीमा कार्यरत पत्रकार लोकेश प्रदान गरिएको हो ।

स्थापना दिवसकै अवसरमा आयोजित छैँटौँ जिल्ला अधिबेसनबाट ताप्लेजुङको अध्यक्षमा बसन्त पालुङवा चयन हुनु भएको छ । पालुङवाको अध्यक्षतामा उपाध्यक्षद्धय मदन गौतम र साहारा लङ्वा, सचिव तेन्जिङ पाङकर्मा शेर्पा, सह–सचिवद्धय किरण वि.क र सुनिता रसाइली तथा कोषाध्यक्षमा संगिता कार्की सहित १३ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको हो । समितिमा नारद गुरागाँई, हेमराज निरौला, सोनिया तामाङ, लक्ष्मण पौडेल, मिङ्माखाण्डु शेर्पा (शर्मिला) र रोमन बोखिम रहनु भएको छ ।

अधिबेशनले रवीन भट्टराई,सुवास आचार्य र गंगा लिङखिमलाई केन्द्रीय अधिबशेन प्रतिनिधि तथा मदन गौतम, किरण विक र सुनिता रसाइलीलाई प्रदेश अधिबेशन प्रतिनिधिको रुपमा चयन गरेको छ । कार्यक्रममा नेकपा एमालेका पोलिट्व्युरो सदस्य, तथा कोशी प्रदेशका पूर्वमन्त्री तिलकुमार मेन्याङ्बो, एमाले ताप्लेजुङका सचिब सन्तोष चाम्लिङ, उप–सचिव गोपाल न्यौपाने, प्रेस चौतारीका केन्द्रिय सदस्य खगेन्द्र अधिकारी, पत्रकार महासंघ केन्द्रिय सदस्य माला पालुङ्वा, पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुबास आचार्य लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!