ताप्लेजुङ —पाथीभरामा भएको झडपको विषयलाई लिएर मेची राजमार्ग र तमोर करिडोर यातायात बन्दको आव्हान गरेको ‘नो केबलकार समूह’ का अगुवा मध्येका एक प्रदीप मादेनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सदरमुकाम फुङलिङको कोप्चेबाट उनलाई पक्राउ गरेको आन्दोलन समूहका अगुवा कीर्तिमान मादेनले बताए ।

गत माघ १२ गते प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई टेलिफोनबाट ज्यान मार्ने धम्की दिएको र त्यस दिनको हुल हुज्जतको नेतृत्व गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

‘उहाँलाई हामीले नियन्त्रणमा लिएका छौँ,’ प्रहरी नायव उपरीक्षक रवि रावलले भने, ‘उहाँले प्रमुख जिल्ला अधिकारीलाई फोनबाट धम्क्याउनु भएको थियो र १२ गतेको हुलहुज्जतको नेतृत्व पनि उहाँलेनै गर्नु भएको थियो ।’ मादेन पहिचानवादी मोर्चा ताप्लेजुङको संयोजक पनि हुन् ।ekantipur

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय