
पाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले यो सरकारको आयु सकिएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको औचित्य अब सकिएको उनको टिप्पणी छ।
संसद भवनबाट आइतबार साँझ बाहिरिएका अध्यक्ष नेपालले पत्रकारहरूसँग कुराकानी गर्दै भने, ‘जेसुकै भए पनि यो सरकारको आयु सिद्धियो। अब पूर्वमाओवादीले समर्थन फिर्ता लियो भने पनि टिक्ने आधार भएन। प्रधानमन्त्रीले बस्ने कुनै आधार नै भएन।’
उनले आफूहरूले नेकपा बनाएको र चलाएको पनि बताए। ‘नेकपा चलाउने हामी। त्यसको नेतृत्व लिने म। केपी ओलीले खोसेर खोसिन्छ?,’ उनले भने।
सर्वोच्च अदालतले आज नेकपा पार्टी ऋषि कट्टेलको भएको फैसला गरिदिएको थियो।
अध्यक्ष नेपालले सर्वोच्च अदालतको फैसला राम्रोसँग पढ्न नपाएको पनि बताएका थिए।