ताप्लेजुङ । मिलन राईले २ गोल गरेसगै सगरमाथा युथ क्लब मोरङ अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपको मोरङ उपाधि नजिक पुग्ने पहिलो टिम बनेकोछ । मोरङले आयोजक संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङलाई २–१ गोल अन्तरले जित निकालेको हो । राईको ११ र ९७ औ मिनेटमा गरेको गोलसँगै मोरङ उपाधी नजिक पुगेकोछ । खेलका ५९ औ मिनेटमा संघर्षका क्याप्टेन अनुप सेन्दाङले गोल गदै बराबरी गरेर खेलमा ताप्लेजुङ फकिएको थियो । प्रतियोगिताको निर्धारीत समयमा कुनै पनि टिमले गोल गर्न नसक्दा अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा आयोजक समालिएर खेल नसक्दा त्यसको फाईदा लिदै मोरङले गोल गर्दा हार ब्योहनु परेको हो ।
मोरङले भाद्र ८ गते शनिवार हुने दोस्रो सेमिफाईनलमा विर्तामाड युनाईटेड फुटबल क्लब र सिराहाको सहलेश युवा क्लबको विजेतासँग १० गते हुने फाईलमा भेट पक्का गरेकोछ ।
प्रतियोगिता दिनको ठिक २ः३० बजे भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा हुने आयोजक समिती अध्यक्ष देवराज गुरु ङले बताउनु भयो । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा आयोजित खेलको विजेताले नगद ५ लाख उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने भएका छन् । खेलका विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।







