ताप्लेजुङ –  झापाको टीम फुङलिङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङ गोल्ड कपको सेमिफाईलनमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न भएको अन्तिम क्वाटर फाईनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँलाई ३–० गोलअन्तरले पराजित गर्दै झापा सेमिफाईनलमा प्रबेश गरेको हो ।  झापाले अब सेमिफाईनलमा सिरहाको सलहेस युवा क्लबसँगको भेट पक्का गरेको छ । सिरहाले पाँचथर फुटबल क्लबलाई १–० ले हराउँदै सेमिफाईनलको यात्रा तय गरेको हो ।

 

भोलि हुने सेमिफाईनलका पहिलो खेलमा संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङ र सगरमाथा युथ क्लब मोरङ भिड्दै छन् । ताप्लेजुङले पाहुना टिम भारतको कञ्चनजंघा फुटबल क्लब सिलिगुढीलाई ७–५ गोलअन्तरले र मोरङले बुटवल लुम्बिनी फुटबल क्लब रुपन्देहीलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रबेश गरेको हो ।

 

भाद्र १० गते फाईनल हुने प्रतियोगिताको बिजेताले नगद ५ लाख र उपबिजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!