ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङ गोल्ड कपको अन्तिम क्वाटरफाईनलबाट सेमिफाईनल प्रबेशका लागि आज झापा र काठमाडौँ भिड्दै छन् ।

 

दिउँसो साढे २ बजेबाट सुरु हुनेमा खेलमा झापाको बिर्तामोड युनाईटेड फुटबल क्लब र काठमाडौँको त्रिभुवन आर्मी फुटबल क्लबबीच आमनेसामने हुँदैछन् । दुबै टीममा अब्बल खेलाडीहरु  रहेकाले आजको खेल दर्शकले बिशेष रुचाउने आयोजकले दाबी िगरेका छन् । काठमाडौँको टीममा अधिकांस राष्ट्रिय खेलाडीहरु रहेको बताइएको छ । नेपालको पुर्व कप्तान भरत खबास, नेपाली टीमको सदस्य नवयुग श्रेष्ठ, आशिक बाबु चौधरी, जितेन्द्र कार्की लगायतका चर्चित खेलाडीहरुले ताप्लेजुङको मैदानमा आज बिर्तामोड बिरुद्ध उत्रिदैछन् । यता झापासँग पनि बिभिन्न खेलमा अनुभव संगाल्नुका साथै बिभिन्न लिग खेलेका अनुभबी खेलाडी भएकाले आजको खेल जित्दै सेमिफाइनल प्रबेशको गर्ने लक्ष्यका साथ मैदान उत्रिने तयारीमा छन् ।

 

आज हुने खेलको बिजेताले दोश्रो सेमिफाईल खेमालल सिरहाको सलहेस युवा क्लबसँगको भेट पक्का गर्ने छ । सिरहाले पाँचथर फुटबल क्लबलाई १–० गोलले हराउँदै सेमिफाईनलको यात्रा तय गरेको हो ।

 

हिजोको खेलबाट मोरङको सगरमाथा युथ क्लब सेमिफाईनलमा प्रवेश गरेको छ । मोरङले रुपन्देहीको बुटवल लुम्बिनी फुटलब क्लबलाई १–० गोलले हराउँदै सेमिफाईनलमा ताप्लेजुङसँगको भिडन्त सुनिश्चित गरेको हो । ताप्लेजुङले पहिलो खेलमा भारतको कञ्चनजंघा फुटबल क्लबलाई ७–५ गोलले पराजित गर्दै सेमिफाईनलमा पुगेको हो ।

 

प्रतियोगिताको बिजेताले नगद ५ लाख र उपबिजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल भदौ १० गते हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!