ताप्लेजुङ । सगरमाथा युथ स्पोर्टिङ क्लब मोरङ दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको सेमिफाइनल पुग्ने तेस्रो टिम बनेको छ।
बुधबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित भानुजन माविको खेलमैदानमा सम्पन्न तेस्रो क्वार्टर फाइनल खेलमा नेपाल सुपर लिग (एन एस एल) समेत खेलेको बुटवल लुम्बिनी एफसी रूपन्देहीविरुद्ध १ — ०गोलन्तरको जित निकाल्दै मोरङ सेमिफाइनल पुगेको हो।
खेलको १९ औं मिनेटमा मोरङका मिलन राईको प्रहारलाई लुम्बिनीका गोल रक्षकले ब्लक गर्दिएका थिए। तथापि मोरङकै सुशिल राईले बलमा पहुँच बनाउँदै जाली चुमाइदिए ।
उक्त खेलमा मोरङका कप्तान अशोक खवास ‘म्यान अफ दि म्याच’ घोषित भए। उनले आयोजकको तर्फबाट ५हजार पुरस्कार प्राप्त गरेका छन्।
सोहि मैदानमा गत मङ्सिरमा आयोजित कञ्चनजङ्गा सेसेलुङ गोल्डकपको उपविजेता समेत रहेको सगरमाथा स्पोर्टिङ क्लब मोरङले अधिकांश सो प्रतियोगितामा उतारेका खेलाडीहरूलाई मैदान झारेको थियो।
आजको खेलमा जित हासिल गरेको मोरङले शुक्रबार प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङको सङ्घर्ष युथ स्पोर्टिङ क्लबसँगको भेट पक्का गरेको छ।
यसैबीच ,प्रतियोगिताको अन्तिम क्वार्टर फाइनल खेल बिहीबार हुँदैछ ।उक्त खेलमा प्रतियोगितामा सहभागी मध्ये एकमात्र ‘ए’ डिभिजन क्लब त्रिभुवन आर्मी क्लब काठमाडौँ र बिर्तामोड युनाइटेड फुटबल क्लब भिड्नेछन् ।उक्त खेलबाट प्रतियोगिताको अन्तिम सेमिफाइन खेलमा सलहेश युथ क्लब सिराहासँग खेल्ने टोलीको टुङ्गो लाग्नेछ लाग्नेछ।
यस्तै गोल्डकपमाआज टिकेट काटेर १ हजार ४सय ८ जना दर्शक खेल अवलोकनका लागि आएको बताईको छ।उक्त सङ्ख्याका दर्शकहरूबाट कुल १लाख४० हजार ८०० रुपैँयाको टिकट बिक्री भएको आयोजक लाखे जात्रा सञ्चालन समिति ताप्लेजुङले जानकारी दिएको छ ।







