ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको दोश्रो संस्करणमा संघर्ष स्पोर्टिङ क्लब ताप्लेजुङले विजय सुरुवात गरेको छ । उद्घाटन खेलमा अन्तराष्ट्रिय टोली कञ्चनजङ्घा फुटबल क्लब सिलगुडी भारतलाई ७–५ गोलको अन्तरले पछि पारेर संघर्ष स्पोर्टिङ क्लब ताप्लेजुङ सेमिफलाइनमा प्रवेश गरेकोछ । संघर्ष स्पोर्टिङ युवा क्लबले भाद्र ५ गते हुने रूपन्देही र मोरङबीचको बिजेतासँग सेमिफाइनल खेल खेल्ने भएको छ भने, कञ्चनजङ्घा फुटबल क्लब सिलगुडीको घर फकिएको छ ।
दोस्रो क्वाटर फाईनल खेल पाँचथर फुटबल क्लब पाचथर र सलहेश युवा क्लब सिरहाबीचको खेल हुने भएको छ । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा भानु जन माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित खेलको विजेताले नगद ५ लाख उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने भएका छन् । खेलका विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।







