२१ जेठ, ताप्लेजुङ । ताप्लेजुङ लिग अन्तर्गत ‘बी’ डिभिजन खेलको उपाधि शिर्जनशील सामाजिक समाज खोक्लिङले उपाधि चुमेको छ।
सोमबार सम्पन्न फाइनल खेलमा नवप्रयास युवा क्लब हाङ्देवालाई ५-० अन्तरको फराकिलो जितसहित शिसास प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो।
जिल्ला फुटबल संघ ताप्लेजुङको आयोजनामा सम्पन्न भएको प्रतियोगिता नकआउटको आधारमा खेलाइएको थियो ।
प्रतियोगिताको विजयी टिम शिसासले नगद रु ३० हजार प्राप्त गरेको छ भने द्वितीय बनेको नवप्रयासले नगद रु १५ हजार प्राप्त गरेको आयोजकले बताएको छ ।
आईतबार सम्पन्न सेमिफाइनलमा बीसीएस मेमोरियल क्लब सावादिनलाई हराउदै नवप्रयास फाईनल पुगेको टोलि हो भने कञ्चनजंघा फुङ्लिङ क्लबलाई पाखा लगाउदै शिसास फाइनलमा प्रवेश गरेको थियो।
फुङलिङ नगरपालिकाका नगर खेलकुद संयोजन क्षितिज सुनुवारको प्रमुख आतिथ्यतामा खेल सम्पन्न भएको आयोजकले बताएको छ ।







