-तरुण भारती
५ जेठ, ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को दोस्रो दिन हिजो टपरी गाँस्ने र धुप बनाउने प्रतियोगिता सम्पन्न भएको छ। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न र नयाँ पुस्तालाई सिप पुस्तान्तरणको उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ।

अहिलेको पुस्तालाई धुप बनाउने र दुना टपरी गाँस्ने सीपको ज्ञान कमै रहेकोले सीप पुस्तान्तरणका लागि पनि प्रतियोगिता आयोजना गरिएको हो।

धुपबात्ति बाट्ने प्रतियोगितामाका संयोजक अन्जना कडरियाका अनुसार १५ जना सहभागी रहेका थिए। जसमा सुकमाया फुरुम्बु प्रथम , कृष्णमाया कार्की द्धितीय र राधिका खवास तृतीय हुनुभएको थियो।

यता टपरी बुन्ने प्रतियोगिताका संयोजक मातृकादेबी प्रसाइका अनुसार टपरी बुन्नलाई २२ जना सहभागी रहेका थिए । जसमा टीकादेवी भट्टराई प्रथम,बिष्णुमाया गिरी द्धितीय र दिलमाया तामाङ तृतीय बन्नुभएको थियो।

महोत्सवको तेस्रो दिन आज डोको बुन्ने प्रतियोगिता, साहित्यीक कार्यक्रम, अन्तर पालिका स्तरीय माध्यमिक वक्तृत्वकला प्रतियोगिता र साझमा प्रताब दासको साङ्गितिक प्रस्तुती हुने महोत्सव आयोजक समितिका सचीव देवराज गुरुङले जानकारी दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!