ताप्लेजुङ – ताप्लजुङको सदरमुकाम फुङलिङमा ‘ताप्लेजुङ पर्यटन महोत्सव २०८१’ सञ्चालन हुने भएको छ । जिल्लाको पर्यटन प्रवद्र्धन गरी अर्थतन्त्रलाई चलायमान बनाउनका लागि आगामी जेठ ३ देखि ७ गतेसम्मे महोत्सवको आयोजना गर्ने तयारी भईरहेको छ ।

ताप्लेजुङ पर्यटन महोत्सव मुल आयोजक समितिले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव गर्ने तयारी भईरहेको जानकारी दिएको छ । महोत्सवमा पुरुष तथा महिला हाफ म्याराथन प्रतियोगिता, अन्तरपािलका स्तरीय चौथो मेयरकप पुरुष भलिबल प्रतियोगिता, डोको तथा टपरी बुन्ने प्रतियोगिता, डोको क्यारी रन, अन्तरपालिका स्तरीय बक्तृत्वकला प्रतियोगित साथै राष्ट्रिय कलाकारको साथमा साँस्कृतिक कार्यक्रमका समेत आयोजना गरिएको मुल आयोजक समितिका सदस्य सचिव देवराज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पुरुष म्याराथन सदरमुकाम फुङलिङबाट पाथीभरा मन्दिर पुगेर पुन सदरमुकामसम्मकै लागि रुट तय गरिएको छ । यस्तै महोत्सवकै अवसरमा प्रसिद्ध तिर्थस्थल पाथीभराबाट सदरमुकामसम्म साईक्लिङको समेत सञ्चालन हुदैछ ।

ताप्लेजुङका ९ ओटै स्थानीय तह सहित जिल्ला समन्वय समिति, नेपाल घरेलु तथा साना उद्योग महासंघ, पाथीभरा क्षेत्र बिकास समिति, पाथीभरा मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समिति, होम स्टे महासंघ, होटल व्यवसायी महासंघ, जिल्ला खेलकुद बिकास समिति, निर्माण व्यवसायी महासंघ ताप्लेजुङको संंयुक्त पहलमा ५ दिने महोत्सवको आयोजना गरिएको हो । सहआयोजकको रुपमा ताप्लेजुङ सरोकार केन्द्र, ताप्लेजुङ काठमाडौँ सम्पर्क मञ्च, होटल व्यवसायी महासंघ ईकाइ पाथीभरा क्षेत्र, ताप्लेजुङ झापा सरोकार समाज, ताप्लेजुङ सुनसरी सरोकार समाज रहेका छन् ।

पुरुष तथा महिला हाफ म्याराथन प्रतियोगिता
पाथीभरा मन्दिरको प्रचार प्रसारलाई बढाउन विगतका वर्षमाझैँ पुरुष तथा महिला हाफ म्याराथन प्रतियोगिता सञ्चालन गरिने तयारी भईरहेको छ । पुरुषको लागि सदरमुकामबाट पाथीभरा मन्दिर पुगेर पुन सदरमुकामसम्मको रुट तय गरिएको छ । महिलाका लागि सदरमुकामबाट काफलेपाटी पुगेर पुन सदरमुकाम आईपुग्नुपर्नेछ । म्याराथन प्रतियोगिता महोत्सवको अन्तिम दिन जेठ ७ गते बिहान ७ बजे सुरु गरिने बताइएको छ । पुरुष तर्फको प्रथमले १ लाख ५१ हजार सय ११ रुपैयाँ, द्धितियले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र तृतियले ५१ हजार १ सय ११ रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।
महिलातर्फ प्रथम हुने प्रतियोगिलाई ८१ हजार १ सय ११ रुपैयाँ, द्धितियलाई ५१ हजार १ सय ११ रुपैयाँ, तृतियलाई ३१ हजार १ सय ११ रुपैयाँ प्रदान गरिने जनाइएको छ । पुरुष तथा महिला दुवैतर्फ चौथोदेखि दशऔँ स्थानसम्म आईपुग्ने धावकधाविकालाई नगद ५ हजार सहित प्रमाण पत्र उपलब्ध गराईने समितिले बताएको छ ।

अन्तरपालिका स्तरीय चौथो मेयरकप पुरुष भलिबल
महोत्सवकै अवसरमा अन्तरपालिका स्तरीय चौथो मेयरकप पुरुष भलिबल प्रयितोगिा पनि सञ्चालन गरिदैछ । फुङलिङ नगरपालिकाले सञ्चालन गर्ने मेयरकप यसवर्ष महोत्सवकै अवसरमा खेलाईने तयारी गरिएको फुङलिङ नगर खेलकुद समितिका संयोजक क्षितिज सुनुवारले बतानउनुभयो । उहाँका अनुसार खेलाडी उत्पादनको लागि सुरु गरिएको मेयरकपमा जिल्लाभित्रका स्थानीय तहको सहभागीत रहनेछ । महोत्सव उद्धघाटनकै दिनदखि खेल सुरु हुने संयोजक सुनुवारको भनाई छ । खेलको विजेता र उपविजेताले क्रमश नगद २ लाख ७५ हजार १ सय र १ लाख ४० हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाईनलबाट बाहिरिने दुई टीमलाई ४५ हजारका दरले नगदर उपलब्ध गराईने समेत अध्यक्ष सुनुवारले जानकारी दिनुभयो ।

डोको तथा टपरी बुन्ने तथा डोको क्यारी रन प्रतियोगिता
पछिल्लो पुस्तामा हराउँदै गएको हस्तकला डोको तथा टपरी बुन्ने प्रतियोगिता पनि महोत्सवकै अवसरमा सञ्चालन गरिने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ अन्तर्गत आयोजना हुने तेश्रो ताप्लेजुङ औद्योगिक कृषि प्रदर्शनी मेलामा डोको तथा टपरी बुन्ने प्रतियोगिता समेत सञ्चालन हुदैछ । स्थानीय स्तरमै उत्पादित वस्तुहरुको बजारीकरणको प्रमुख उद्देश्यका साथ सुरु गरिएको मेलामा डोको क्यारी रन पनि समेटिएको महासंघ ताप्लेजुङ अध्यक्ष राजेन्द्र भारतीले बताउनुभयो । यस रनका लागि विरेन्द्रचौकबाट सुकेटार स्थित सानोपाथीभरा पुगेर पुन विरेन्द्रचौकसम्म आईपुग्नुपर्ने आयोजकले जनाएको छ । क्यारी रनमा प्रथम हुनेले ३० हजार, दोश्रोले हुनेले २० हजार तेश्रो हुनेले १० हजार प्राप्त गर्नेछन् । चौथोदखि दशऔँ स्थानसम्मका प्रतियोगिलाई नगद १ हजार उपलब्ध गराईने महासंघले जनाएको छ । त्यस्तै डोको बुन्ने प्रतियोगता अन्तर्गत प्रथमलाई ७ हजार, दोश्रोलाई ५ हजार, तेश्रोलाई १ हजार र सहभागीलाई २ सय रुपैयाँ प्रदान गरिने अध्यक्ष भारतीले जानकारी दिनुभयो । उहाँका अनुसार टपरी बुन्नेतर्फ पहिलोलाई ३ हजार, दोश्रोलाई २ हजार, तेश्रोलाई १ हजार र सहभागीलाई २ सय रुपैयाँ उपलब्ध गराईनेछ । कृषिमेला अन्तर्गत कृषि उपकरणहरु प्रदर्शन, जिल्लाभित्र तथा बाहिरका कृषक तथा उद्यमीले उत्पादन गरेको वस्तुहरु समेत ल्याइने भारतीको भनाई छ । उत्कृष्ट कृषक तथा उद्यमीलाई पुरस्कृत गर्ने समेत महासंघको तयारी रहेको बताइएको छ ।

बक्तृत्वकला प्रतियोगिता
महोत्सवको अवसरमा अन्तरपालिका स्तरीय माद्यमिक तहका बक्तृत्वकला प्रतियोगिता पनि सञ्चालन गरिने भएको छ । प्रत्येक पालिकाबाट उत्कृष्ट प्रतियोगि छनोट भई प्रतियोगितबीच प्रतिष्पर्धा गराईने आयोजकको तयारी रहेको सदस्य सचिव गुरुङको भनाई छ । प्रथमलाई ८ हजार, दोश्रोलाई ५ र तेश्रोलाई ३ हजार साथै यातयात खर्च बापत सबै प्रतियोगितलाई ३ हजारका दरले रकम दिईने समेत बताइएको छ ।

८० लाख खर्च हुने अनुमान
५ दिनसम्म जारी रहने प्रतियोगिताका लागि ८० लाख रुपैँया खर्च हुने मुल आयोजक समितिले अनुमान गरेको छ । विशेष गरेर साउण्ड सिस्टम तथा स्टल व्यवस्थापनका लागि ९ लाख रुपैँया सहित विभिन्न बिधाका पुरस्कार बितरण, कलाकारको पारिश्रमिक तथा आवाजावत र आवासमा मोटो रकम खर्च हुने आयोजकको भनाई छ । महोत्सवको लागि पाथीभरा क्षेत्र बिकास समिति, प्रबद्र्धक नेपाल पर्यटन बोर्ड, पाथीभरा मुक्कुम्लुङ देवी दर्शन केबलकार प्रालि, जिल्लामा सञ्चालित हाइड्रोपावर लगायतको आर्थिक सहयोगमा महोत्सव सञ्चालन गर्ने आयोजकले जनाएको छ । Radiotamor

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!