२२ फागुन, ताप्लेजुङ । ताप्लेजुङ स्थित तमोर नदिमा निर्माणाधिन मध्य तमोर जलविद्युत आयोजनामा कार्यरत दुई जना मजदुरको ढुंगाले किचेर ज्यान गएको छ । आयोजनाको सुरुङ भित्र काम गरिरहेका दुई जनाको माथीबाट झरेको ढुंगाले किचेर ज्यान गएको हो ।

ज्यान गुमाउनेमा उदयपुर घर भएका २२ वर्षिय अमर विस्वकर्मा र भोजपुर घर भएका अर्का २८ वर्षिय सन्तोष बानिया रहेकाछन् । सुरुङ भित्र काम गर्दै गरेको अवस्थामा शनिबार दिउँसो करिब २ बजे माथीबाट अचानक झरेको ढुंगाले किचेर उनिहरुको घटना स्थलमा नै ज्यान गएको आयोजनाका करण गौतमले बताउनुभयो ।

आयोजना निर्माण क्षेत्र थुम्बा बाट मित्लुङ तर्फ निस्कने आउटलेट सुरुङ भित्र उनिहरु काम गर्दै थिए । घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय