तरुण भारती
१७ बैशाख, ताप्लेजुङ । ताप्लेजुङमा रहेका सञ्चार प्रतिष्ठान र पत्रकारलाई सहज रुपमा सेवा प्रवाह गर्न सूचना तथा प्रसारण विभागले तीनदिने घुम्ती शिविर सञ्चालन गरेको छ ।

नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको संयोजनमा आइतबारबाट प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण, अनलाइन दर्ता, नवीकरण लगायत सेवा प्रदान गरेको अध्यक्ष आनन्द गौतमले जानकारी दिनुभएको छ।

शिविरको अवसरमा स्थानीय पत्रकारहरुलाई लेखन क्षमता अभिवृद्धिका लागि तालिमसमेत प्रदान गरिएको अध्यक्ष गौतमको भनाइ रहेको छ।

पत्रकारले प्रेस प्रतिनिधि प्रमाणपत्र पाउनका लागि सञ्चार प्रतिष्ठानबाट पाएको नियुक्ति पत्र, सिफारिस, श्रमजीवी दरबन्दी विवरणलगायत आवश्यक कागजात पेश गरे पश्चात् १६ जनाले प्रेस पास नवीकरण गरेका छन् भने १३ नजाले नयाँ बनाएको बताइएकोछ। त्यस्तै ४ ओटा अनलाइन नवीकरण भएसङै ३ ओटा नयाँ समेत थपिएको छ।

शिविर संचालन गर्न विभागीय टोलि शनिबार ताप्लेजुङ आइपुगेको थियो।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!