ताप्लेजुङ – जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन लिम्बूको सरुवा भएको छ ।
गृहमन्त्रालयले डिएसपी लिम्बू सहित देशैभरका १ सय ४१ डिएसपीको सरुवा गरेको हो । बुधबार प्रहरी महानिरिक्षकको निर्णय अनुसार चैत महिनादेखिको तलब, भत्तासमेत हाल भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको जनाइएको छ । ताप्लेजुङबाट डिएसपी लिम्बूको सरुवा भएसँगै नयाँ डिएसपीको रुपमा रवि रावल आउने हुनु भएको छ । डिएसपी रावलको राष्ट्रिय सुरक्षा परिषद सचिवालय सिंहदरबार, काठमाडौँबाट ताप्लेजुङका लागि सरुवा भएको हो । ताप्लेजुङका डिएसपी लिम्बूको भने नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश अपराध समन्वय शाखा नक्साल काठमाडौँमा सरुवा भएको छ ।
यसअघि केहीदिन अघिमात्रै प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको समेत सरुवा भएको छ । नयाँ प्रजिअको जिम्मेवारी सम्हाल्न रविन्द्र आचार्य ताप्लेजुङ आउँदै हुनुहुन्छ ।







