२५ फागुन, ताप्लेजुङ । फुङ्लिङ नगरपालिकाले आजदेखि दोस्रो उपमेयर कप सुरु गर्दै छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नगरपालिकाको आयोजनामा अन्तर–पालिकास्तरीय उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगिता सुरु गर्न लागेको हो।

नगरपालिकाले बिहीबार सार्वजनिक गरेको खेल तालिकाअनुसार जिल्लाका आठै ओटा स्थानीय तहले सहभागिता जनाउने नगर खेलकुद समितिका संयोजक क्षितिज सुनुवारले जानकारी दिनुभएको छ।

आज हुने उद्घाटन खेलमा आयोजक फुङ्लिङ नगरपालिका र सिदिङ्वा गाउँपालिकाबिच हुने बताइएकोछ । त्यस्तै दोस्रो खेल शनिबार बिहान मेरिङ्देन गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकाबिच हुने छ ।

शनिबार नै तेस्रो खेल पाथीभरा याङ्वरक र मिक्वाखोला गाउँपालिका साथै चौंथो खेल आठराई त्रिबेणी र सिरिजंघा गाउँपालिकाबीच हुने भएको छ । सेमिफाइनल चरणका खेलहरु भने आइतबार बिहान ११ बजे र दिउँसो २ बजे सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताका विजेताले ट्रफी सहित एक लाख ११ हजार १०० रुपैयाँ र उपविजेताले ५५ हजार ५०० रुपैयाँ राशीको नगद पुरस्कार पाउने छन् । सेमिफाइनल पुग्ने दुई टोलीले पनि समान नौ–नौ हजार रुपैयाँ प्रोत्साहन रकम पाउने भएका छन् ।

फागुन २८ गते सोमबार फाइनल खेलसँगै प्रतियोगिता सम्पन्न हुने संयोजक सुनुवारले बताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!