ताप्लेजुङ – डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन हुँदैछ ।

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्वारा सञ्चालित आँखा उपचार केन्द्रले आगामी फागुन १६ गतेदेखि १८ सम्म ३ दिन नि:शुल्क आँखा शिविर सञ्चालन गर्ने भएको हो । विश्व प्रख्यात नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुईतको उपस्थितिमा तिलगंगा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा नि:शुल्क आँखा शिविर सञ्चालन गर्ने तयारी भईरहेको डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक ईञ्चार्ज काजी गुरुङले बताउनुभयो । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ, तिलगंगा आँखा अस्पताल काठमाडौ, सेवा फाउण्डेशन काठमाडौ र फुङलिङ नगरपालिकाको संयूक्त पहलमा आयोजित शिविरमा छनौट भएका मोतियाविन्दूका विरामीहरुको निशुल्क शल्याक्रिया समेत गरिने क्लिनिक ईञ्चार्ज गुरुङले बाउनुभएको छ ।

मोतियाविन्दुका विरामीको छनौटका लागि ताप्लेजुङको दुईओटा स्थानीय तहमै छनौट शिविर सञ्चालन गरिने बताईको छ । जिल्लाको मैवाखोला गाउँपालिकाको १ नं. वडा कार्यालय ढुँगेसाँघुमा फागुन १३ र मिक्वाखोला गाउँपालिकाको २ नं. वडा कार्यालय खोक्लिङमा फागुन १४ गते छनौट शिविर सञ्चालन गरिदैछ । सो स्थानमा छनौट भएका मोतियाबिन्दुका बिरामीहरुको डिचेन डोङ्गगलामा अपरेशन गरिने बताईएको छ । परीक्षणका क्रममा ४० वर्षभन्दा माथि उमेर समुहको सेवाग्राहीलाई चश्मा तथा आवश्यकता अनुसार औषधी समेत निशुल्क उपलब्ध गराईने केन्द्रले जनाएको छ । बिरामीहरुको सेवाका लागि समय–समयमा केन्द्रले विभिन्न स्थानमा पुगेर निशुल्क आँखा शिविर सञ्चालन गर्दै आईरहेको छ । छनौट शिविर र फुङलिङमा सञ्चालित ३ दिने शिविरमा आँखाका बिरामीहरुले परीक्षण तथा उपचार गराई मौकाको फाइदा लिन केन्द्रले अनुरोध गरेको छ ।

आँखाका बिरामीहरुका लागि नेपाल नेत्र ज्योति संघले ताप्लेजुङको फुङलिङ, दोभान, पाँचथरको थर्पु र कूम्मायक गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । मेरिङदेन गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको सहयोगमा दोभान आँखा उपचार केन्द्र, याङवरक गाउँपालिकाको सहयोगमा थर्पू आँखा उपचार केन्द्र, कुम्मायक गाउँपालिकाको सहयोगमा कुम्मायक आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!