ताप्लेजुङ – १४ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आगामी फागुन १ गतेदेखि सुरु हुदैछ । प्रतियोगिता फागुन १ देखि ४ गतेसम्म आठराई त्रिवेणी गाउँपालिका फुलबारीको महभिर खेलमैदानमा सञ्चालन गर्ने तयारी भईरहेको छ ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रपति रनिङ शिल्ड अन्तरविद्यालय स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका बमोजिम खेल सञ्चालन गर्न लागिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश माबोले जानकारी दिनु भएको छ । उहाँका अनुसार छात्रछात्रातर्फको भलिबल, कवड्डी, एथलेटिक्स, सितोरीयो कराँते, तेक्वान्दो र उसु रहेका छन् ।
जसमा मेडल तर्फ स्वर्ण छात्र छात्रा गरी जम्मा ६६ वटा, रजत छात्र छात्रा गरी जम्मा ६६ वटै र कास्य छात्र छात्रा गरी ७० वटा रहेको छ । प्रतियोगिताको आयोजकमा जिल्ला खेलकुद विकास समिति ताप्लेजुङ रहेको छ भने आठराई त्रिवेणि गाउँपालिको संयोजन रहने छ । यो भन्दा अघि भएका राष्ट्रपति रनिङ शिल्ड भन्दा यो वर्ष भने पृथक तरिकाले सम्पन्न गर्ने योजना रहेको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमू दिपेनले बताउँनुभयो । उहाँका अनुसार आठराई त्रिवेणी गाउँपालिकाको ७ वटा विद्यालयमा मार्सल आर्ट पनि सञ्चालन भइरहेको छ ।
यस अघि पालिका स्तरीय प्रतियोगिता भने सम्पन्न भइसकेको छ । पालिका स्तरीय प्रतियोगितामा छनोट भएका विभिन्न बिधाका उत्कृष्ट खेलाडीहरूले यस प्रतियोगितामा भाग लिन पाउनेछन् । यस्तै जिल्ल स्तरीय प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरूलाई छनोट गरी प्रदेश स्तरीय प्रतियोगितामा पठाइएको जिल्ला खेलकुद बिकास समितिल ताप्लेजुङले जनाएको छ ।







