ताप्लेजुङ – फुङलिङ नगरपालिकाले ताप्लेजुङ फुङलिङका मासु बयवसायी सग छलफल गर्ने भएको छ ।

मासुको ब्यवस्थापन, सरसफाई लगायतका विषयमा माघ १६ गते दिउसो १ वजेदेखि छलफल गर्न लागेको हो । धरान लगायतका ठुला शहरमा जस्तै एकै ठाउमा सुविधा सम्पन्न वधशाला र बिक्रि वितरण केन्द्र वनाउने तयारीमा रहेको नगरपालिकाले त्यो विषयमा पनि ब्यवसायि सग छलफलको तयारी गरेको छ ।

नगर उप प्रमुख भिमादेवी ओझाका अनुसार सदरमुकामको फुङलिङको दुई वा तीन ठाउमा ब्यवस्थित मासु पसल सञ्चालन गर्ने तयारीमा नगरपालिका छ । त्यो प्रकृया प्रारंभ गर्नु अघि ब्यवसायी संग । छलफल गर्न लागिएको उनले वताइन । मासु ब्यवसायीको सुझावका आधारमा नगर कार्यपालिकामा योजना लैजाने तयारी उप प्रमुखको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!