ताप्लेजुङ । नेपाल नेत्र ज्योति संघ र डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङले भव्यताका साथ रजत महोत्सव मनाएको छ । आइतबारबाट सुरु भएको महोत्सवको दोश्रो दिन सोमबार ज्योति स्मारिका विमोचन, शुभकामना आदान–प्रदान, प्रशंसा तथा कदरपत्र वितरण गर्दै मनाएको हो ।

संघका केन्द्रिय अध्यक्ष डाक्टर चेतराज पन्तको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको छ । संघ तथा केन्द्र स्थापना भएको २४ औं वर्ष पुरा गरी २५ औँ वर्षमा प्रवेश गरेको अवसरमा रजत महोत्सव मनाइएको हो ।

महोत्सवको अवसरमा स्थापनाकाल देखि नै निरन्तर रुपमा सेवा प्रदान गर्दै आईरहेका कर्मचारीलाई प्रशंसा तथा कदर पत्र सहित सम्मान गरिएको छ । त्यस्तै दोभानमा शाखा स्थापनाका लागि जग्गा प्रदान गर्ने जग्गादातालाई समेत सम्मान गरेको संघका उपसभापति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा केन्द्रिय अध्यक्ष पन्त, प्रतिनिधिसभाका सदस्य लिलादेवी बोखिम, कोशी प्रदेशका पुर्वमन्त्री निर्मला तावा, पालिकाका अध्यक्ष, बिभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!