ताप्लेजुङ । चासोक तङ्नामको अवसरमा ताप्लेजुङको फुङ्लिङमा आजबाट सुरु भएको प्रथम सेसेलुङ कन्चनजङ्गा गोल्ड कपमा सुनसरीको चक्रघटी युवा क्लबले सेमीफाइनलमा यात्रा सुनिश्चित गरेको छ । आयोजक कन्चनजंगा फुङ्लिङ क्लबलाई २ ( १ गोल अन्तरले हराउँदै चक्रघटीले सेमीफाइनलमा यात्रा सुनिश्चित गरेको हो । उसका लागि आकाश राईले दुई गोल गरे भने ताप्लेजुङका लागि कप्तान अनुप सेन्दाङले एक गोल गरेका थिए भोलि हुने खेलमा पाँचथर स्पोर्टिङ क्लब पाँचथर र जलथल युवा क्लब झापा आम्नेसाम्ने हुनेछन् ।

खेलको म्यान अफ दि म्याच सुनसरीका आकाश राई भएका थिए ।

यता चासोक तङनामको महत्व विषयक बत्तित्वकला प्रतियोगितामा भानुजन माविका प्रतिक पुरी प्रथम भएका छन् । लिटल बुद आवासिय माविमा सञ्चालित प्रतियोगिता मा लिटलबुद का सिक्कुम इङवासाम लिम्बू द्वितिय र अक्सफोड माविका कृषा पौडेल तृतिय भएका छन् । मेची सेण्टमेरिजका गोमा दाहाल सान्त्वना भएकी छन् ।

आठवटा माविका विद्यार्थी सहभागी प्रतियोगिताका विजयीले पुष १० गते चासोक तङनामको दिन पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!