दोभान वजारमा जारी अन्तर जिल्ला क्लव स्तरीय आमन्त्रित पुरुष भलिवल प्रतियोगिताको फाइनलमा आयोजक जिल्ला ताप्लेजुङ र झापाले भेट पक्का गरेका छन । वुधवार भएको सेमिफाइनलमा मुकेश मेमोरियल क्लव ताप्लेजुङले सभापोखरी भलिवल क्लव संखुवासभालाई सोझो सेटमा हराउदै फाइनल यात्रा तय गरेको हो ।
ताप्लेजुङले २५–२१, २५–२३ र २६–२४ को जीत निकालेको थियो । दोश्रो सेमिफाइनलमा पाथीभरा टाइगर भलिवल क्लव दमक झापाले भोजपुर भलिवल क्लव भोजपुरलाई ३–१ को सेटमा हरायो । १९–२५, २५–२२, २५–१६ र २५–१२ ले पराजीत गरेको हो । आयोजक समितिका सदस्य एबं राष्ट्रिय रेफ्री दिवस चोङवाङका अनुसार फाइनल खेल विहिवार मध्यान्ह १२ वजे देखि सुरु हुनेछ ।
उपाधि विजेताले ३ लाख र उप विजेताका लागि १ लाख ५१ हजार पुरस्कार प्राप्त गर्ने छन । प्रतियोगितामा भारत सिक्किमको नाम्ची क्लव सहित ८ टिमको सहभागीता रहेको थियो ।







