ताप्लेजुङ – ताप्लेजुङको फुङलिङमा चासोक तङ्नाम पर्वको अवसरमा आमन्त्रित प्रथम कञ्चजंघा सेसेलुङ गोल्ड कप हुने भएको छ । पुष ४ गते देखि ११ गते सम्म भानु जन माध्यमिक विद्यालयको प्राङगणमा खेल संचालन हुने भएको हो । आज पत्रकार महासंघको सभालमा पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रमको जानकारी दिइएको छ । खेल संयोजक चन्द्र थवेका अनुसार गोल्ड कपमा ८ टिमले सहभागिता जनाउने भएका छन् ।
जसमा सगरमाथा युथ क्लब मोरङ, बी.टि. फुटबल क्लब तेह्रथुम, जलथल फुटबल क्लब झापा, पाँचथर फुटबल क्लब पाँचथर, आठराई गाउँपालिका तेह्रथुम, रारा फुटबल क्लब धनकुटा, चक्रघट्टी फुटबल क्लब सुनसरीले सहभागिता जनाउने छन् । त्यस्तै जिल्लाको प्रतिनिधित्व गर्दै कन्चन्जङघा फुङलिङ क्लबले खेलमा प्रतिस्पर्धा गर्ने तयारी भइरहेको छ । प्रतियोगिताको विजेताले नगद ३ लाख २ हजार ८० र उपविजेताले १ लाख ५१ हजार ८० रुपैँया सहित ट्रफि, मेडल, प्रमाण पत्र प्राप्त गर्ने चासोक तङनाम संचालक समितिले जनाएको छ ।
त्यस्तै लिम्बु समुदायमा आधारित मौलिक नृत्यहरु च्याब्रुङ नाच, धान नाच, छेलो, धनुकाँड, हाक्पारे, ख्याली, तथा राष्ट्रिय कलाकारको साथमा बृहत साङगितिक, साँस्कृतिक कार्यक्रम समेत हुदैछ । च्याब्रुङ नाच तर्फको प्रथमले ५० हजार, द्धितियले ४० हजार र तृतियले ३० हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै धान नाच तर्फ प्रथमलाई हुनेले १५ हजार, द्धितियलाई १० हजार र तृतिय हुनेलाई ५ हजार प्रदान गरिने बताइएको छ । पुष ४ गते लिट्ल बुद्ध ईङलिस बोडिङ स्कुलमा अन्तर मावि स्तरिय वक्तृत्वकला प्रतियोगिता संचालन गरिने भएको छ । वक्तृत्वकला चासोक तङ्नाम विषयकमा केन्द्रित भएर प्रतियोगिलाई सहभागिता जनाउन आह्वान गरिएको छ ।
कञ्चनजंघा फुङलिङ क्लब ताप्लेजुङको आयोजनामा संचालन हुन लागेको प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रममा चासोक तङनाम संचालक समिति र ङा वोरक सङजुम्भो फुङलेङले समन्वय गर्ने भएका छन् ।







