फाल्गुन १९, ताप्लेजुङ।
सामुदायिक वन उपभोक्त महा संघ ताप्लेजुङको आयोजना र लिटल बुद्ध आवाशिय मा बि को सह आयोजनामा भएको अन्तर मा बि बक्तृत्वकला प्रतियोगितामा भानु जन माध्यमिक बिधालयका प्रतियोगी विद्यार्थी प्रतीक पुरी प्रथम भएक छन् ।बुधबार लिटल बुद्ध आवाशिय मा बि को प्राङ्गणमा भएको कार्यक्रममा ` २१ औ शताब्दीको प्रतिबद्धता, विश्व बन्यजन्तु संरक्षणमा हाम्रो एकिबद्धाता´ भन्ने शिर्षकमा फुङ्लिङ सदरमुकामभित्र रहेका आठ वटा बिधालयबिच प्रतिस्पर्धा भएको थियोे। जसमा क्रमश: नवज्योति बोर्डिङ स्कुलकि छात्र ऋचा आचार्य द्धितिय, अक्फोर्ड बोर्डिङ स्कुलकी छात्रा सोनिया कार्की तृतीय र लिटल बुद्ध आवाशिय मा बि कि छात्रा रुपा गुरुङ सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए। कार्यक्रमको प्रमुख निर्णयमा पाथीभरा बहुमुखी क्याम्पसका प्राध्यापक डिल्लीरमण बराल, ताप्लेजुङ जिल्लाका बरिस्ठ पत्रकार खगेन्द्र अधिकारी लगायतको शैक्षिक बर्गबाट भएको थियो।कार्यक्रमको प्रमुख अतिथि जिल्ला अदालत ताप्लेजुङका न्यायाधीश प्रकाश राउत रहनु भएको थियो भने बिशिस्ट अतिथिमा नगरपालिकाका शिक्षा प्रमुख प्रकाश पौडेल, जिल्ला प्याब्सन ताप्लेजुङका पुर्व अध्यक्ष इन्द्रकुमार गुरुङ, केवल मादेन, सुन्दर मोहन शाख्य, कुमार सिवा लगायतको उपस्थिती रहेको थियो। कार्यक्रलाई लिटल बुद्ध आवाशिय मा बि का संचालक समिति अध्यक्ष कीर्तिमान मादेनले अध्यक्षता गर्नुभएको थियो भने कार्यक्रम संचालन प्रीन्सिपल युवराज गिरि आफैले गर्नु भएको थियो।कार्यक्रममा अन्डर १३ का जिल्ला उत्कृष्ट फुटबल खेलाडिहरुलाई ANFA एकेडेमीको लागि धरानको लागि बिदाई कार्यक्रम समेत आयोजना गरिएको प्रीन्सिपल युवराज गिरिले कन्चनजङ्घा न्युज लाई जानकारी दिनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय