४ कार्तिक, ताप्लेजुङ । नेपाल ब्यापार तथा सम्बद्ध श्रमिक संघ ताप्लेजुङले आफ्नो संघको सचीवमाथी हातपात भएको भन्दै प्रेस विज्ञपति प्रकाशित गरेको छ। फुङलिङ नगरपालिका वाड न.-४ मा व्यावसाय गरि बस्दै आएका दुर्गाप्रसाद पौडेलमाथी गत कार्तिक २८ गते बेलुकीको समयमा सोही वाडका जनप्रतिनिधि वडा अध्यक्षले बोतल प्रहार गरि घाइते बनाएको विज्ञप्तीमा उल्लेख छ।

दिपावलीको अवसरमा देउँसी भैलो खेल्ने क्रममा टाउँको फुटाउने गरी एक्कासी सिसाको बोतल प्रहार गरेको पौडेलको भनाइ रहेको छ । प्रकाशित विज्ञप्तीअनुसार अमानवीय घटनाको छानबिन गरी घटनामा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याई आवश्यक कारवाही गर्न समेत संघले माग गरेको छ ।

यता जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार घटनामा संलग्न व्यत्तिको खोजीकार्य भइ रहेको बताएको छ।

हेर्नुहोस विज्ञप्ती:

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!