-तरुण भारती
नेपालीको दोस्रो ठूलो पर्व तिहारका अवसरमा खेलिने देउसी-भैलोलगायतका कार्यक्रम ताप्लेजुङमा राति १० बजेपछि खेल्न नपाइने भएको छ। शान्तिसुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले राति १० बजेपछि देउसी-भैलोलगायतका मनोरञ्जनात्मक कार्यक्रम नगर्न अनुरोध गरेको हो । प्रशासनले बिहान ७ बजेदेखि राति १० बजेसम्म देउसी–भैलो खेल्न अनुरोध गरेको छ ।

प्रशासनले देउसी–भैलोलगायतका सांस्कृतिक कार्यक्रमहरू रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूले शान्तिसुरक्षामा प्रतिकूल असर पुर्‍याउन सक्ने भएकाले राति १० बजेसम्म मात्रै देउसी-भैलोलगायतका कार्यक्रम गर्न आग्रह गरेको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी टङ्क बहादुर भट्टराईले एक सूचना जारी गरी दीपावलीको अवसरमा भुइँचम्पा, पटका, आतिसबाजीलगायतका विस्फोटक पदार्थको बिक्री–वितरण र प्रयोग नगर्न आग्रहसमेत गरेको छ। विस्फोटक पदार्थको उत्पादन, आयात, निर्यात तथा बिक्री-वितरण नगर्न आग्रह गर्दै जुवा तासमा समेत खेल्न नखेलाउको लागि आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको सूचनामा निषेधित कार्यमा संलग्न भएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!