काठमाडौं । एक दशकको प्रतिक्षा, अनि यूएईसँग एक वर्षअघिको मिठो बदला लिँदै नेपाल अर्को वर्ष हुने टी–२० विश्वकपमा छनोट भएको छ ।

टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा शुक्रबार यूएईलाई ८ विकेटले सहजै पराजित गर्दै नेपालले १० वर्षपछि टी–२० विश्वकपमा स्थान पक्का गरेको हो ।

नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । त्यसयता तीन (२०१६, २०२१ र २०२२) विश्वकपमा पुग्न चुकेको थियो ।

पछिल्लो विश्वकप छनोटमा त यूएई नै नेपालको बाधक बनेको थियो । तर शुक्रबार यूएईलाई रोकेर नेपाल टी–२० विश्वकपमा पुगेको छ ।
क्रिकेटर शरद भेषावकरले नेपालको लागि २०१४ को विश्वकपपछि यो ठूलो सफलता रहेको बताए ।

‘विश्वकपमा पुग्दा अहिले सबै इमोसनल बनेका छन्, यसलाई शब्दमा व्यक्त गर्न सकिरहेका छैनन्’, अनलाइनखबरका क्रिकेट एक्सपर्ट भेषावकर भन्छन्, ‘अब नेपालले विश्वका ठूलो टिमसँग कसरी खेल्छ भन्दा पनि ठूलो टिम नेपालसँग खेल्नुपर्छ भनेर सजग हुनुपर्ने अवस्था आएको छ ।’

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!