ताप्लेजुङ — गत असार २ गतेको वर्षा र पहिरोका कारण विस्थापित भएका ६५ परिवारलाई मैवाखोला गाउँपालिकाले अस्थायी आवास हस्तान्तरण गरेको छ ।

मैवाखोला गाउँपालिका ३ साँघुको निर्माणाधीन रंगशालामा बनाइएका संरचना सोमबार हस्तान्तरण गरिएको हो ।
ए, बी र सी गरी ४ देखि ६ जना, ६ देखि ८ जना र ८ देखि १२ जनासम्म बस्न मिल्ने तीन किसिमका घर निर्माण गरिएको छ ।

यी भवनभित्र ३६ वटा शौचालय र १८ वटा धारा पनि निर्माण गरिएको छ । १ करोड ५० लाख रुपैयाँ कुल लागत रहेको बस्तीमा गाउँपालिकाले भने २६ लाख ६० हजार खर्चिएको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए ।

बाँकी रकम दातृ निकाय र सहयोगी संघसंस्थाबाट प्राप्त भएको बताइएको छ । भवन निर्माणको क्रममा शिक्षक, विद्यार्थी, स्थानीय लगायतबाट ठूलो जनश्रमदान प्राप्त भएको गाउँपालिकाले जनाएको छ । साउन ७ गते निर्माण प्रारम्भ गरेर आवासगृह दुई महिनामा पूरा भएको हो ।ekantipur

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!