काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन प्रतिनिधिको निर्वाचन आगामी वैशाख १० गते भित्र गर्ने निर्णय गरेको छ ।

पार्टी केन्दिय कार्य समितिको आज बसेको बैठकले वैशाख २५ देखि २८ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनलाई मध्य नजर राख्दै सोही निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुख ध्रुवबहादुर प्रधानले जानकारी दिनुभयो ।

बैठकले स्थानीय तह तथा केन्द्रीय निर्वाचन समिति निर्देशिका पारित गरेको छ । उक्त निर्देशिकामा जिल्ला निर्वाचन समिति गठन फागुन २५ गतेभित्र गर्ने तथा सक्रिय सदस्यता वितरण

अभियानलाई चैत १५ सम्म म्याद थप्ने उल्लेख गरिएको छ । वडा बाट जिल्ला तहसम्मका इकाई समितिको गठन यही चैत मसान्तसम्ममा गरिने भएको छ ।

समायोजन गर्नको निम्ति बाँकी केही जिल्लाको सात दिनभित्र समायोजन गर्न नेता बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रवबहादुर प्रधान र भास्कर भद्रालाई जिम्मेवारी दिइएको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय