कास्की । विद्यार्थी नेताहरुलाइ गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय कास्की हिरासतमा राखिएको घटना प्रति नेपाल बिद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा कालो झण्डा देखाउदै गर्दा पोखराको नदिपुरबाट विद्यार्थी नेताहरु प्रताप वानिया , असिम सुवेदी , सन्देश ठकुरी र रमेश चन्द्र जैसीलाइ र विद्यार्थी नेता नसिव गुरुङ्गलाइ ओलीको कार्यक्रम स्थलबाटै प्रहरीले नियन्त्रणमा लिएकोले तत्काल रिहाको लागी जोडदार माग गरेको छ ।

सोमबार एक बिगप्ती जारी गरी नेपाल बिद्यार्थी संघले अलोकतान्त्रिक र असवैधानिक कदम चाली मुलुकलाइ उल्टो गति तर्फ हिंडाउन खोज्ने नालायक प्रधानमन्त्री विरुद्ध जनताले विरोध तथा प्रदर्शन गर्न पाउने अधिकार कुण्ठीत हुने गरी गरिएको यस गिरफ्तारीको हामी घोर निन्दा र भत्सना गर्दछौ ।

विद्यार्थी नेता गुरुङ्गलाइ तत्काल नियन्त्रण मुक्त गर्न ने .वि . संघ जोडदार माग गर्दछ । तीन वर्ष सम्म लगातार जन विरोधी कार्य गर्दै अनेकी काण्डै काण्ड घटाउदै जनताको सर्वत्र आलोचित हुदै आएको ओली सरकार गत पुस ५ को असवैधानिक कदम चाले पछि त झन् जनताको नजरवाट नराम्रो संग गिरि सकेको छ ।

यस्तो अवस्थामा नैतिकताको आधारमा राजिनामा दिनुको सट्टा प्रहरी दमनका भरमा सत्ताको आयू लम्ब्याउँछु भन्ने सोच के पी ओलीको दिवा स्वप्न मात्र हो । नेपाली यूवाहरुले ओलीको त्यो दिवा स्वप्नलाइ चक्नाचुर पार्नेछन् । गिरफ्तार गरिएका सम्पूर्ण विद्यार्थी नेताहरुलाइ तत्काल रीहा गर्न गृह प्रशासन संग जोडदार माग गर्दछौ ।

विद्यार्थी नेताहरुलाइ तत्काल रीहा नगरे आन्दोलनको आधी वेहरी सृर्जना गर्न वाध्य हुनेछौ । र यसवाट उत्पन्न सवै परिस्थितिको जिम्मेवार नालायक ओली सरकार हुनेछ जारी बिगप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय