२० भाद्र, ताप्लेजुङ । ताप्लेजुङमा जारी `ताप्लेजुङ गोल्डकप´ मा आज फाइनल खेल हुदैछ। जुट विकास फुटबल एकेडेमी ईटहरी र रेडहर्स फुटबल ल्कव इलाम उपाधिका लागि भिड्दै छन।
प्रतियोगिताको बिजेताले तीन लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ भने उपबिजेताले नगद एक लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने लाखेजात्रा खेल सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो ।
लाखेजात्रा सँगैको खेलकुद प्रतियोगिता मार्फत जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने, बजारलाई चलायमान बनाउने, नयाँ प्रतिभाको सिर्जना गर्ने, अग्रजको सम्मान र ईतिहासलाई बचाई राख्ने उद्धेश्यका साथ प्रतियोगिता सञ्चालन गर्न सम्पुर्ण रुपले जुटेको अध्यक्ष गुरङले बताउनुभएको छ ।







