१२ भाद्र, ताप्लेजुङ । नेपाल नाइ संघ ताप्लेजुङको मनोमानी ढङ्गबाट चर्को शुल्क वृद्धि गरेको छ। शुल्क वृद्धि गर्दा स्थानीय सरकारसङ समेत आवश्यक समन्वय नगरी शुल्क वृद्धि गरेको नेपाल विद्यार्थी संघ ताप्लेजुङका कार्यबाहक सभापति अर्नुन तिवारीले बताए।

शुल्क वृद्धिको बिरोधमा अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठन र नेपाल विद्यार्थी संघले आज जिल्ला प्रशासन कार्यालय र फुङ्लिङ नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको क्रान्तिकारी विद्यार्थी सङ्गठनका अध्यक्ष झरेन्द्र तिवारिले जानकारी दिए ।

मिति २०८०।०५।०१ गते नेपाल नाई संघ ताप्लेजुङले साविक शुल्क १०० रहेकोमा एकै पटकमा ५० प्रतिशतले वृद्धि गरी मापदण्ड निर्देशिका २०७४ को ठाडो उल्लङ्घन गरी निज नाई संघ ताप्लेजुङले चर्को शुल्क वृद्धि गरेकोमा उक्त शुल्क वृद्धि अविलम्ब फिर्ता गराउनु माग गरेको बताइएको छ ।

शैलुन अनुगमन गरी मापदण्ड विपरित र मनोमानि ढङ्गले मूल्य निर्धारण गर्ने नाई संघलाई मूल्य समायोजन गर्न गराउन स्थानीय सरकार समक्ष आग्रह गरिएको नेबि संघ सभापति तिवारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!