काठमाण्डौं । पछिल्लो बिकसित राजनीतिक घटनाक्रम र पार्टीको आधिकारीकताको विवाद सम्बन्धि छलफल गर्न नेकपा प्रचण्ड माधव समुहले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक फागुण १९ गते दिउसो १ बजे पार्टी कार्यलय पेरिसडाँडामा बस्नेछ ।
आज सिंहदरबारमा बसेको सचिवालयको बैठकले स्थायी समिति र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
केन्द्रीय सदस्यहरुलाई सर्कुलरनै तयार पारेर नागरिकता र पार्टीको परिचय पत्र सहित आउन निर्देशन दिईएको छ ।
फागुण २३ मा संसद शुरु हुने भएकाले कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन र निर्वाचन आयोग नै नागरिकता बोकेर गई आधिकारीकताको विवाद समाधानमा दबाब दिने उदेश्यले नागरिकता लिएर आउन भनिएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय