-तरुण भारती

२ भदौ, ताप्लेजुङ । पाँच दशक लामो इतिहास बोकेको पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको पाचौं संस्करण भाद्र १४ गतेदेखि ताप्लेजुङमा सुरु हुँदैछ।
ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित भानु माविको खेल मैदानमा सञ्चालन हुनेछ।

भदौ २० गतेसम्म चल्ने प्रतियोगितामा राष्ट्रिय तथा अन्तरास्ट्रिय गरेर ८ टिमले प्रतिस्पर्धा गर्ने ताप्लेजुङ गोल्डकपका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभएको छ।

खेल खेलाउन निकै चुनौती रहेता पनि ४३ सदस्यीय तदर्थ समिती बनाइ खेल खेलाउन लागिएको आयोजकले जनाएको छ। हाललाई समिति पुर्ण नभएको र छिट्टै सबै क्षेत्रलाई समेटी पुर्ण समिति बनाइने अध्यक्ष गुरुङले बताउनुभयो ।

खेल हेर्ने दर्शकका लागि करिब १० हजार दर्शक अटाउने गरी बाँसको अस्थायी प्यारापिट निर्माण गरिने छ।

मैदानको उत्तारतर्फको भागमा सिमेन्टको स्थायी प्याराफिट छ। १० हजार दर्शकले खेल अवलोकन गर्न सक्ने आयोजनाले जनाएको छ।

प्रतियोगिताको विजेताले तीन लाख ११ हजार र उपविजेताले एक लाख ५१ हजार रुपैयाँसहित ट्रफी पाउने छन्। बाँकी पुरस्कार, खेलाडी व्यवस्थापनलगायत सबैको खर्च करिब ४१ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले बताउनु भयो।

पूर्वी पहाडकै प्रतिष्ठित पाथीभरा गोल्डकपमा दिनहुँ चार/पाँच हजार दर्शकको भीड लाग्ने गरेको आयोजकले जनाएको छ। २०२९ देखि २०७२ सालसम्म कञ्चनजंघा च्यालेन्ज रनिङकप भनेर खेलाइँदै आएकोमा त्यस यता प्रतियोगिताको नाम परिवर्तन गरी पाथीभरा गोल्डकप बनाइएको थियो।

कोभिड-१९ देखि स्थगित भएको लाखेजात्रा फुटबल यो वर्ष भने ताप्लेजुङ गोल्डकप नामले खेलाइने भएको हो।

प्रतियोगिताको बारेमा थप जानकारी दिन समितिले आइतवार पत्रकार सम्मेलनमार्फत बिबरण सार्वजनिक गर्ने बताएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!