१६ श्रावण, ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा शनिबार होस या अरु बार सरकारी सवारी साधनको घुइँचो नै लाग्न थालेको छ। सब्जी किन्न देखि मलामी जान समेत प्रयोग हुने गाडी हिजो आज त लभ डाडा घुम्न अनि चिया पिउन जान समेत सेतो नम्बर प्लेट कै सवारी भेटिन्छ्न।
यतिकै आज मङलबार फुङ्लिङ बजारको बिरेन्द्र चौकमा एक सेतो नम्बर प्लेडको गाडिमा धमाधम रुस्लाङ भोड्का, कोक, स्प्राइट लगायत किराना दोकानका सामानहरु लोड भै रहेको भेटिएको हो।
जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङका अनुसार मे १ झ १७० नम्बरको गाडी पाथीभरा याङ्वरक गाउँपालिका हो ।
जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङ प्रमुख गोपाल भुजेलका अनुसार उक्त सूचना प्राप्त भै लगत्तै ट्राफिक टोलि त्यहाँ पुगेको र गाडी त्यहाँबाट गै सकेको बताइएको छ।
यता पालिका अध्यक्ष केशर कुमार मेनेङ्बोले भने यश बिषयमा आफुलाइ केही थाहा नभएको बताउनु भएको छ।











