पाँचथर — पाँचथरको हिलिहाङ–७ सल्लेरीमा ट्रिपर पल्टिँदा अवरुद्ध भएको मेची राजमार्ग सञ्चालनमा आएको छ । पूरै सडक ढाकेर पल्टिएको टिपर स्काभेटरको सहयोगले पन्छाएपछि राजमार्गमा सवारी आवतजावत हुन थालेको हो ।

जोरपोखरीदेखि फिदिमतर्फ आउँदै गरेको प्रदेश ०१–०२००१ क ३८७४ नम्बरको टिपर आइतबार बिहान पल्टिएको थियो । दुर्घटनामा टिपरका सहचालक संखुवासभा निवासी विक्रम विश्वकर्मा सख्त घाइते भएका भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाले बताए ।

उनका अनुसार चालक भोजपुर षडानन्द-१३ का रिनछिरिङ तामाङ पनि घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।ekantipur

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!