ताप्लेजुङमा सरकारी साधनको चरम दुरुपयोग भइरहेको पाइएको छ । जनप्रतिनिधि तथा कर्मचारीलाई दिइएको मोटरसाइकल जिप, कारलगायत सवारीसाधनमा घरायसी कामकाजमा प्रयोग भइरहेको भेटिएको हो ।
शनिबार, सार्वजनिक बिदाका दिन जिल्ला प्रशासनबाट अनुमति लिएर मात्रै सञ्चालन गर्नुपर्ने भए पनि कर्मचारी र जनप्रतिनिधिले सरकारी सवारी बिना पास चलाउने गरेको भेटिएको हो ।
जिल्ला प्रशासन कार्यालयबाट पटक पटक घरायसी तथा अनावश्यक काममा सवारी प्रयोग नगर्न आग्रह गरे पनि सवारीसाधनको दुरुपयोग रोकिएको छैन ।
कर्मचारी तथा जनप्रतिनिधिले दुईपांग्रे सवारीसाधनमा तिन जनासम्म चढाएका र पारिवारिक कामकाजका लागि प्रयोग गरिरहेका छन् । साथै उनीहरुले ससुराली जानदेखि बजारमा तरकारी किन्नसमेत सवारी प्रयोग गरिरहेका छन् ।
परिवर्तनका लागि युवा जागरण अभियान चलाइ रहेका सुबास दाहालले नियामक निकायको उदासीनताका कारण सरकारी सवारीसाधन दुरुपयोग भएको आरोप लगाए । ‘कर्मचारीमा इमानदारिता र नैतिकता हुनुपर्छ, ‘दाहालले भने, ‘जबसम्म स्वःस्फूर्त कर्मचारी नियन्त्रित हुँदैनन्, तबसम्म सवारी साधन दुरुपयोग हुन्छ ।’ दिएको जिम्मेवारी भन्दा व्यक्तिगत व्यावसायिक अथवा मनोरञ्जन कामका लागि सरकारी साधन दुरुपयोग भएपछि स्थानीय आक्रोशित भएका छन् ।
मे १ ब ५३२ नम्बरको सरकारी मोटरसाईकल चरम दुरुपयोग मात्र होइन, ट्राफिक निकायको नांगो उल्लंघन गरेको पाइएको छ । ताप्लेजुङको नगरपालिकाभित्र पर्ने सुकेटारमुनि रमिते डाडाको क्षेत्रमा सरकारी मोटरसाइकलमा घुमिरहेको अवस्थामा स्थानीय नागरिकले भेटेका थिए भने लगत्तै बेलुका ७ बजे हेलिप्याडमा भेटिएको फेसबुक मार्फत स्थानीय खगेन्द्र निरौलाको पोस्टमा थियो। त्यहाँ पोस्ट गर्ने बिच र कर्मचारीबिच निकै भनाभन चल्यो यति मात्र होइन कि पत्रकार को हो? के गर्छ भन्ने सम्मको अभिव्यक्ति पाइयो । तर रमाइलो चै के भयो भने बाईक सामाजिक संजालमा भाइरल नै बन्यो !
तर जे होस कानुनको पालना सबैले गर्नुपर्छ।
सवारी पास बारे कुनै पनि जानकारी नभएको नगरपालिकाले बताएको छ।







