६ श्रावण, ताप्लेजुङ । नेता बिपि कोईरालाको ४१ औं स्मृति दिवसको अवसरमा अस्पतालमा फलफूल वितरण गरिएको छ ।

बिपि स्मृति दिवसको अबसरमा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति ताप्लेजुङद्वारा ताप्लेजुङ जिल्ला अस्पतालमा बिरामिहरुलाई फलफूल वितरण गरिएको हो ।

नेपाली काङ्ग्रेसका जिल्ला सभापति गजेन्द्र प्रसाद तुम्याहाङको प्रमुख आतिथ्य एक कार्यक्रमबीच विरामीहरुलाई फलफूल प्रदान गरिएको हो । विपीको स्मृतिलाई मध्यनजर गर्दै सो फलफूल वितरण गरिएको जनाइएको छ ।

अस्पतालमा रहेको करिब ३३ जना विरामीहरुलाई स्याउ, केरा, आँप, विस्कुट, जुस लगायतका समाग्रीहरु वितरण गरिएको नेबि संघ ताप्लेजुङका कार्यबाहक सभापति अर्जुन तिवारीले बताए ।








