ताप्लेजुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले आर्थिक वर्ष २०७९।०८० मा ८ लाख १९ हजार ५ सय रुपैंया राजस्व संकलन गरेको छ ।

ट्राफिक प्रहरीले २०७९ साउन १ गतेदेखि २०८० असार ३१ गतेसम्म ट्राफिक नियम उल्लंघन गर्दै सञ्चालन गर्ने १ हजार ३ सय १० वटा सवारी र ढुवानी साधनलाई कार्वाहि गर्दै यत्तिको राजस्व संकलन गरेको हो ।

कार्वाहि गरिएका साधनमा मोटरसाइकल मात्रै ३ सय २८ वटा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमूख (प्रहरी सहायक निरिक्षक) गोपाल भुजेलले जानकारी दिनुभयो ।

कार्यालयका सहायक प्रहरी हवल्दार वसन्त राजबंशीका अनुसार ६ सय ४३ वटा कार र जीप चालक कारवाहीमा परेका छन् । १ सय ७१ वटा ट्रयाक्टर कारवाहीमा पर्दा ३५ वटा टेम्पो र १५ वटा बस कारवाहीमा परेका छन् । कार र जीपका चालकलाई गरिएको कारवाहीबाट ३ लाख ६४ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

गत बर्षको तुलनामा यो बर्ष २ लाख ५० हजार रुपैयाँ बढी राजस्व सङ्कलन गरिएको कार्यालयका सहायक प्रहरी हवल्दार नरेशकुमार खवासले जानकारी दिनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!