दुई सय दसौं भानु जयन्तीको अवसरमा फुङ्लिङमा शनिवार आयोजित खुल्ला गजल प्रतियोगितामा होमनाथ दाहाल प्रथम स्थान हासिल गर्नुभएको छ ।
प्रतियोगितामा क्रमशः जीवन कालिकोटे दोस्रो हुँदा बिपना बिपना बियोगी तेस्रो बनेको आयोजक कञ्चनजंघा साहित्यिक प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो।

नवराज आचार्य र प्रशान्त लेखक सान्त्वना हुनुभयो ।
नियाराफुङ मादेन र मिराक लिम्बूलाई बाल प्रोत्साहन पुरस्कृत गरिएको आयोजकले जानकारी दिएको छ।







